दुर्गा कुमारी अधिकारी
बाराको निजगढ नगरपालिका ८ पुर्ब पश्चिम राजमार्गको तामागेटबाट प्रहरीले प्रतिवन्धीत लागू औषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।निजगढ नगरपालिका ८ पुर्ब पश्चिम राजमार्गको तामागेटबाट प्रहरीले प्रतिवन्धीत लागू औषध गाँजा १२ किलो सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
ईलका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा हेटौडाबाट रौतहटको चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको ना ७ ख ६४६० नम्बरको यात्रु बाहक बसबाट प्रतिवन्धीत लागू औषध गाँजा १२ किलो सहित निजगढ नगरपालिका ३ सिंगौल टोल बस्ने अन्दाजी बर्ष ४५ को अर्जुन कुमार तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार क्रममा हेटौडाबाट रौतहटको चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको ना ७ ख ६४६० नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा जेब्रा झोला र पछाडि भिर्ने कालो रङको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा १२ किलो प्रतिवन्धीत लागु औषध गाँजा बरामद् भएको हो । नियन्त्रणमा लिइएका तामाङ सहित प्रतिवन्धीत लागू औषध गाँजाको सम्बन्धमा आवश्यक अनुसन्धान सुरु भएको बारा प्रहरीले जनाएको छ ।
निजगढबाट १२ किलो गाँजा सहित तामाङ पक्राउ