बिओपी पोखरभिण्डाका सशस्त्र प्रहरी निरीक्षक खड्कालाई कारबाही

1.4k Shares

शंखर पहाडी(गौरब)
शसस्त्र प्रहरी बल नेपाल नम्बर ११ हे.क्वा.गण रौतहटमा दरबन्दी भई शसस्त्र प्रहरी सिमा सुरक्षा बल नेपाल(बिओपी)पोखरभिण्डा महोतरीमा कार्यरत एक शसस्त्र प्रहरी निरिक्षक कार्बाहीमा परेका छन् । 
शसस्त्र प्रहरी बल नेपाल नम्बर ११ हे.क्वा.गण रौतहटमा दरबन्दी भई शसस्त्र प्रहरी सिमा सुरक्षा बल नेपाल(बिओपी)पोखरभिण्डा महोतरीमा कार्यरत शसस्त्र प्रहरी निरिक्षक रामचन्द्र खड्कालाई सशस्त्र प्रहरी बल,नेपाल प्रधान कार्यालयले आचरण विपरीत काम गरेको भन्दै कारबाही गरेको हो ।
 सशस्त्र प्रहरी निरीक्षक खड्कालाई तीन वर्ष बढुवा रोक्का गरिएको सशस्त्र प्रहरी बल,नेपाल प्रधान कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटमा दरबन्दी भई विगत करिब दुई महिना पहिला शसस्त्र प्रहरी सिमा सुरक्षा बल नेपाल(बिओपी)पोखरभिण्डा महोतरीमा खटिएका सशस्त्र प्रहरी निरीक्षक खड्कालाई संगठनात्मक आचरण विरुद्ध काम गरेको भन्दै सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १३ को नियम ११२ को उपनियम (१) को खण्ड (ख) अनुसारको कसुरमा सोही नियमावलीको नियम ११५ को उपनियम (१) को देहाय (६) (ख) ले दिएको अधिकार प्रयोग गरी सोही नियमावलीको नियम ११० को खण्ड (क) (५) बमोजिम कारबाही गरिएको सशस्त्र प्रहरी बल,नेपाल प्रधान कार्यालयले  जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक खड्कालाई २०८० जेठ ८ गतेदेखि लागू हुने गरी ३ (तीन) वर्ष बढुवा रोक्काको कारबाही गरिएको छ । उनी शसस्त्र प्रहरी सिमा सुरक्षा बल नेपाल(बिओपी)पोखरभिण्डा महोतरीमा २०७९ चैत्रमा बिओपीपति भएर गएका थिए ।

सम्बन्धित समाचार