गणेश खड्का
बारा प्रहरीले जवर्जस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । स्थानीय एक नावालिकालाई जवरजस्ती करणी गरेको अभियोग लागेका बाराको आदर्शकोतवाल गाउँपालिका ३ बस्ने अन्दाजी वर्ष २५ का बिशोरी बैठा धोवी फरार भएका थिए ।
घर बाहिर शौच गर्न गएकी स्थानीय अन्दाजी वर्ष १३ की नावालिकालाई भाग्न नदिई दुई जना मिलेर जवर्जस्ती करणी गरी फरार भएका धोवी र अर्का एकजना मध्य धोवीलाई काभ्रेमा बस्दै आएको अवस्थामा खोजतलास गर्दै जाँदा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार घटनामा संलग्न धोवीलाई खोज तलास गर्ने क्रममा काभ्रेमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ गरिएका धोवीको सम्बन्धमा आवश्यक अनुसार सुरु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।