सर्लाहीको गोडैता नगरपालिका ६ मा एक पुरुषको शव फेला

1.7k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको गोडैता नगरपालिका ६ मा एक पुरुषको शव फेला परेको छ । गोडैता नगरपालिका ६ स्थित रहेकोे बगदह चिनी मिल नजिकै भन्दा बिहीबार साँझ अन्दाजी ३२ बर्षका एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
गोडैता नगरपालिका ६ स्थित रहेकोे बगदह चिनी मिल नजिकै जयपुर जाने सडकको पुर्व एक स्थानीयको उखु खेतमा बिहीबार साँझ अन्दाजी ३२ बर्षका एक पुरुषको शव फेला परेको  परेको हो ।शव देखे लगतै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना स्थलमा प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदीले बताए ।
घटनास्थलमा प्रहरी परिचालन गरि शवको पहिचान गर्ने काम भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए ।  उनका अनुसार शवको पहिचान खुलाउने र आवश्यक अनुसन्धान गर्ने काम भई रहेको छ ।
नेपाल भारत सिमा क्षेत्र खुल्ला रहेको र साना ताह हँतिहारहरु लिएर अपराधिक गतिविधि गर्नेहरु सहजै नेपाल प्रवेश गर्न सक्ने भएका कारण जिल्लाका विभिन्न स्थानहरुमा अपराधिक गतिविधिहरु हुने गरेका प्रहरीको अनुमान छ ।
तर,सामान्य नागरिकहरुले आफ्नो घरासयी काम काजका लागि भान्सामा प्रयोग हुने सामानहरु भारतिय बजारबाट ल्याँउदा कडा निगरानी राख्ने प्रहरी अपराधिक गतिविधिहरु गर्ने गरी साना हातहँतियारहरु र अवैध लागु औषधहरु ल्याउँदा  चासो किन राख्दैन भन्ने विषयमा जानकारहरुको ध्यान केन्द्रीत भएको छ ।
 

सम्बन्धित समाचार