शंखर पहाडी(गाैरब)
सर्लाहीको मलंगवा नगरपालिका ७ स्थित मुसाैलीमा बाेलेराेकाे ठक्करबाट माेटरसाईकलमा सवार तीनजना घाईते भएका छन् । मलंगवा नगरपालिका ७ स्थित मुसाैलीमा मंगलबार राति करिब ९ बजे नम्बर नखुलेकाे बाेलेराेले विपरित दिशाबाट गई रहेकाे माेटरसाईकललाई ठक्कर दिँदा माेटरसाईकलमा सवार तीन जना घाईते भएका प्रहरीले जनाएको छ ।
नम्बर नखुलेकाे बोलेरोले विआर ३० जेड ५०८३ नम्बरकाे मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका हुन ।
बाेरेलाेकाे ठक्करबाट घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ । हुलाकी सडकबाट पश्चिमबाट मलंगवा तर्फ आउँदै गरेको नम्बर नखुलेकाे बाेलेराेले मलंगवाबाट मुसाैली तर्फ जँदै गरेकाे विआर ३० जेड ५०८३ नम्बरको माेटरसाईकललाई ठक्कर दिएकाे प्रहरीले जनाएको छ। घाईतेहरुकाे विवरण आउन बाकी रहेकाे प्रहरीले जनाएको छ ।
तिब्र गतिमा आएकाे बाेलेराेले माेटरसाइकललाई ठक्कर दिएर भागेकाे स्थानियले बताए । दुर्घटना गराई फरार भएको बाेलेराेकाे खाेजी कार्य सुरु भएको र घाईतेहरुकाे विवरण लिने काम भई रहेकाे प्रहरीले जनाएको छ ।