शंखर पहाडी(गौरब)
सर्लाहीको बरहथवा नगरपालिका ११ हिरापुर ब्यारेज नजिकैबाट प्रहरीले लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बरहथवा नगरपालिका ११ हिरापुर नजिकै चेकजाँचका लागि खटिएको प्रहरीको टोलीले बा.३६ प ३९०९ नम्बरको मोटरसाईकल सहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार ईलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको प्रहरीको चेकिङ टोलीले शंका लागि चेकजाँच गर्दा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको बा.३६ प ३९०९ नम्बरको मोटरसाईकलमा लागु औषध लिएर आउँदै गरेका बरहथवा नगरपालिका ८ का अन्दाजी वर्ष २२ का धिरज कुमार महतो र सोही मोटरसाईकलमा पछाडी सवार बरहथवा नगरपालिका ८ कै अन्दाजी वर्ष २१ का संजिव पासवान सहित प्रतिवन्धित लागु औषध नाईट्राजेपाम एक सय ८० पिस ट्याब्लेए नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका मानिसहरु सहित मोटरसाईकल र प्रतिवन्धित लागु औषधको विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।