दुर्गा कुमारी अधिकारी
सर्लाहीको हरिपूर्वा नगरपालिका १ मा टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला परेको छ ।हरिपूर्वा नगरपालिका १ पथरा पुलस्थित मसला घारीमा भारतको सीतामढी सोनवर्षा ९ बस्ने अन्दाजी २८ वर्षीय सेखर सुमन उर्फको टाउको छिनाएर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार साँझ करिब ५ बजे विभत्स ढङ्गले हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शरीर र टाउको छुट्टा छुट्टै पारिएको अवस्थामा शव फेला परेको हो । घटनास्थलको आवश्यक अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले मृतकको शव रातभर घटनास्थलमै राखेको थियो । बिहीबार बिहानैबाट घटनास्थलको थप अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवम प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए ।
उनका अनुसार शवलाई पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । घटनास्थलमा कुनै हतियार फेला नपरेको भएपनि भारतीय युवकको विभत्स ढङ्गले हत्या भएपछि स्थानीय त्रसित भएका छन् ।
नेपाल भारत खुल्ला सिमाना भएका कारण भारतिय साना हातहतियार नेपाली बजारमा सहजै प्रवेश पाउने गरेका छन् । जसका कारण अमानविय गतिविधिहरु हुने गरेका प्रहरीले जनाएको छ । भारतयि सवारी साधनहरु तथा नागपिरकहरुको सहज प्रवेशका कारण मधेश प्रदेशका जिल्लाहरुमा यस प्रकारण घटनाहरु हरेक वर्ष हुने गरेका छन् ।