सर्लाही प्रहरीद्धारा २० केजी प्रतिवन्धित लागूऔषध गाँजा बरामद

1.8k Shares

गणेश खड्का
सर्लाहीको मलंगवा नगरपालिका ८ झिलमिलिया माई मन्दिर क्षेत्रबाट प्रहरीले प्रतिवन्धित लागूऔषध गाँजा बरामद गरेको छ । मलंगवा नगरपालिका ८ झिलमिलिया माई मन्दिर क्षेत्रबाट प्रहरीले प्रतिवन्धित लागूऔषध गाँजा करिब २० किलो बरामद गरेको हो ।
झोलामा लुकाएर गाँजा लिएर भारततर्फ जाँदै गरेका व्यक्ति प्रहरीलाई देख्ने बित्तिकै झोला नै फालेर भागेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार गस्तीमा खटिएको प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेर आएका मानिस गाँजा फालेर भागेका छन् ।
जिल्लाको उत्तरी क्षेत्रका साथै बागमती प्रदेशको सिन्धुली र मकवानपुर क्षेत्रमा उत्पादन भएको प्रतिवन्धित लागूऔषध गाँजा जिल्लाका विभिन्न नाकाहरु हुँदै छिमेकी देश भारत निर्यात हुने गरेको प्रहरीले जनाएकोे छ ।

सम्बन्धित समाचार