सागरनाथ वन विकास परियोजना भित्र व्यापक काठ तस्करी, परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरी कमिसनमा मस्त

2.2k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको बाँके जंगलमा परियोजना प्रमुख र सहायक वन अधिकृतको मिलेमतोमा व्यापक काठ तस्करी भएको छ । परियोजनाको बाँके जंगलमा परियोजना प्रमुख राम किशोर यादव र सहायक वन अधिकृत शिवेन्द्र चौधरीको मिलेमतोमा व्यापक काठ तस्रकी भएको पाइएको स्थानीयले बताएका छन् ।


सागरनाथ वन विकास परियोजना अन्र्तगत रहेको बाँके जंगलबाट व्यापक मात्रामा सालका रुखहरु काटी तस्करी भएको भएपनि परियोजना प्रमुख यादव सहित परियोजनाका सहायक वन अधिकृत चौधरी मौन देखिनुले उनीहरुको संग्लग्नतामा काठ तस्करी भएको पाइएको स्थानीयले बताएका छन् ।
सागरनाथ वन विकास परियोजनाका एक सय ४६ जना कर्माचारीहरुले विगत करिब आठ महिनादेखि तलब खान नपाएको गुनासो गरि रहँदा परियोजना भित्रको काठ तस्करीमा परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरी व्यापक मात्रामा काठ तस्करी हुँदा समेत मौन बस्नुले तस्कर र कार्यालय प्रमुख यादव र सहायक वन अधिकृत चौधरीको मिलेमतो रहेको स्थानीयले आशंका गरेका छन् ।


सागरनाथ वन विकास परियोजनाको जंगलमा व्यापक तस्करी

यता,जिल्लाका केही मिडियाहरुमा “सागरनाथ वन विकास परियोजना भित्र काठ तस्करी व्यापक,परियोजना मौन”शिर्षकमा समाचार प्रकाशन भएपछि परियोजना प्रमुख यादवले विभिन्न मानिसहरु मार्फत फोन गराई समाचार हटाउन दवाव दिएका छन् । जसबाट पनि परियोजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरीको मिलेमतोमा परियोजनाको क्षेत्रभित्रको जंगलबाट सालका रुखहरु काटि तस्करी भएको प्रष्ट हुन्छ ।
परियोजनाले परियोजना परिसरमा थुपारेर राखिएको काठ लिलामी गर्न नसक्दा कर्माचारीहरुलाई तलब खुवाउन नसकेको बताई रहँदा काठ तस्करी हुँदा समेत मौन बस्नुले पनि कार्यालय प्रमुख यादव,साहायक वन अधिकृत चौधरी र काठ तस्करहरु विच कुनै न कुनै रुपमा मिलेमतो रहेको सहजै शंका गर्न सकिन्छ । 
त्यसैगरी परियोजना प्रमुख यादवले ईश्वरपुर नगरपालिका ४ स्थित रहेको अमुवा खोल्सीबाट नदीजन्य पदार्थ अवैध तरिकाबाट उत्खनन् गर्न दिएका छन् ।
ईश्वरपुर नगरपालिका ४ स्थित सागरनाथ वन विकास परियोजना अन्तर्गत पर्ने अमुवा खोल्सीमा अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न परियोजना प्रमुख यादवले कमिसन लिएर सहजता प्रदान गरेका पाइएको स्थानीयले बताएका छन् ।


सागरनाथ वन विकास परियोजनाको जंगलमा व्यापक तस्करी

अमुवा खोल्सीमा उत्खनन् गर्दै गर्दा बा १ क ७५९४ नम्बरको जेसिवी र ज १ त ५३८३ र ज २ त ६११ नम्बरको ट्याक्टर प्रहरीले अवैध भन्दै नियन्त्रणमा लिएपछि सो कुरा बाहिरिएको हो । प्रहरीका अनुसार अमुवा खोल्सीमा अवैध तरिकाबाट जेसिवी नै लगाएर ६ वटा ट्याक्टरबाट नदी जन्य पदार्थ उत्खनन् गरि रहेको पाइएको र प्रहरी पुग्दा चार वटा ट्याक्टर भागेपनि दुई वटा ट्याक्टर र एउटा जेसिवी प्रहरीले नियन्त्रणमा लिएको थियो ।


सागरनाथ वन विकास परियोजनाको जंगलमा व्यापक तस्करी

सागरनाथ वन विकास परियोजनाका कार्यालय प्रमुख यादवले आर्थिक चलखेल गरि नदीजन्य पदार्थ उत्खनन् गर्न दिएका र परिायेजना प्रमुख यादव र सहायक वन अधिकृत चौधरी मिलेर परियोजना भित्रका विभिन्न स्थानमा रहेका पोखरीहरु पनि आर्थिक चलखेल गरि स्थानीयलाई गरि खान भनी दिएका समेत रहस्य बाहिरिएको छ ।


सागरनाथ वन विकास परियोजनाको जंगलमा व्यापक तस्करी

त्यस्तै परियोजनाका यस अघिका कार्यालय प्रमुखहरुले परियोजनाको क्षेत्र भित्र अतिक्रमण हुन नदिने भन्दै रोकेका कामहरु हालका कार्यालय प्रमुख यादव र सहायक वन अिधकृत चौधरीले आर्थिक चलखेलमा परि त्यस्ता क्षेत्रहरुमा घर टहरा बनाउन दिएका,पोखरी खन्न दिएका,वनजङ्गल चोरी तस्करी हुँदा समेत मौन बसेका स्थानीयको आरोप छ ।


सागरनाथ वन विकास परियोजनाको अमुवा खोल्सीमा भएको नदीजन्य पदार्थको उत्खनन्

परियोेजनाका काठ,दाउरा ठेक्का नलगाउने र बाहिरबाट अवैध तरिकाबाट कमिसन असुलीमा कार्यालय प्रमुख यादव र सहायक वन अधिकृत चौधरी तल्लिन हुँदा कार्यालयमा कार्यरत एक सय ४६ जना कर्माचारीले विगत करिब आठ महिना देखि तलब खान पाएका छैन्न ।


सागरनाथ वन विकास परियोजनाको जंगलमा व्यापक तस्करी

यस अघिका कार्यालय प्रमुखहरुले सबै कर्माचारीहरुको तलब समयमै खुवाउने गरेका भए पनि हालका कार्यालय प्रमुख यादवले वेवास्था गरेका कारण कर्माचारीहरु लामो समयदेखि तलब खान नपाउँदा पीडित भएका छन् ।

सम्बन्धित समाचार