दुर्गा कुमारी अधिकारी
सर्लाहीको हरिपूर्वा नगरपालिका ३ मा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । हरिपुर्वा नगरपालिका ३ धनकौलमा बिहीबार अपरान्ह करिब ४ बजे मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार हरिपूर्वा नगरपालिका ३ धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भइ सडक भन्दा करिब आठ मिटर तल खस्दा मोटरसाइकलमा सवार दुई जना पुरुषको घटनास्थमै ज्यान गएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमा लालबन्दी नगरपालिका १७ का अन्दाजी वर्ष ३० का प्रमेश्वर महतो र सोही ठाउँका अन्दाजी वर्ष ४० का चरित्र बहादुर काफ्ले रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक एवम प्रहरी प्रवक्ता कैलाश राईले जानकारी दिए । उनका अनुसार घटनाका विषयमा अनुसन्धान सुरु भएको छ ।