सर्लाहीको हरिवनमा हबल्दार सिपाहीको कमिसन असली,प्रउ सुवेदी मौन

1.8k Shares

गणेश खड्का 
सर्लाहीको ईलाका प्रहरी कार्यालय हरिवनमा प्रहरी हबल्दार र सिपाहीको अुली धन्दा बढेको छ । ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी सहायक हबल्दार नवराज लम्साल र सिपाही दिपेन्द्र कुमार कुशवाह ईलाका प्रहरी कार्यालय हरिवनको घुमुवा भएर हरिवनका होटलहरु,हरिवन क्षेत्रमा आउने भन्सार छलीका सामानहरु,हरिवन क्षेत्रका विभिन्न स्थानमा हुने जुवातासबाट कमिसन असुल्न प्रहरी सहायक हबल्दार लम्साल र सिपाही कुशवाह सक्रिय रहेका हुन ।
उनिहरुले हरिवनको होटलहरुमा हुने गैर कानुनी धन्दा,हरिवन क्षेत्रमा हुने जुवा तासका साथै हरिवन बजारमा आउने भन्सार छलीका सामानहरु,मोटरसाईकल चोरी र सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रबाट आउने लागु औषध गाँजाबाट प्रहरी सहायक हबल्दार लम्साल र सिपाही कुशवाहले कमिसन असुलेर ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक शिवराम थापालाई बुझाउने गरेका पाइएको हो ।
उनिहरुलाई बर्दी मै घुमुवा राखेर कमिसन असुलीमा व्यास्त रहेका प्रहरी निरिक्षक थापाको विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीलाई जानकारी नभएको होइन् । तर उनिपनि बेखेबर बन्ने गरेका छन् ।
हरिवनको होटलहरुमा हुने गैर कानुनी धन्दा,हरिवन क्षेत्रमा हुने जुवा तासका साथै हरिवन बजारमा आउने भन्सार छलीका सामानहरु,मोटरसाईकल चोरी र सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रबाट आउने लागु औषध गाँजाबाट समेत प्रहरी सहायक हबल्दार लम्साल र सिपाही कुशवाहले कमिसन असुलीरहँदा पनि प्रहरी उपरिक्षक सुवेदीले मौन देखिनुले कमिसन असुलीमा उनको समेत हात रहेका अनुमान गर्न सकिने स्थानीय व्यापारीहरुले बताएका छन् ।

सम्बन्धित समाचार