जिल्लाको कबिलासी नगरपालिका ३ बीरनगरामा सोमबार दिउँसो आएको हावाहुरीमा परी एक युवकको मृत्यु भएको छ । कविलासी नगरपालिका ३ का अन्दाजी १८ वर्षीय राजेश कुमार यादवको मृत्यु भएको कविलासी नगरपालिकाका नगर प्रमुख कौशल किशोर रायले जानकारी दिनु भयो ।
अचानक ठुलो हावाहुरी आएपछि घरमा लुकेर बसेका यादवको किचिएर मृत्यु भएको हो । जस्तापाताले छाएको घर हावाहुरीले उडाउँदा सोही घरको जस्तापाताले लागेर यादवको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक विश्वमणी पोखरलेले बताउनु भयो ।
त्यसैगरी सर्लाहीको हरिवन नगरपालिका १ कौलाशपुरीमा रुखको हाँगाले चेपेर एक पुरुषको ज्यान गएको छ । हरिवन नगरपालिका–१ कौलाशपुरी क्षेत्रको जंगलमा सोमवार बिहान घाँस काट्न गएका स्थानिय अन्दाजी ४०÷४२ बर्षका नारायण कुमार श्रेष्ठ रुखको हाँगाले चेपेर ज्यान गएको हरिवन प्रहरीले जनाएको छ ।
जंगलमा घाँस काट्न गएका श्रेष्ठको घाँस काट्न रुख चढेको समयमा सोही रुखको हाँगाले चेपेरका कारण उनको ज्यान गएको स्थानियबासीले बताएका छन । उनलाई तत्काल उद्वार गरी हरिवनको नमुना अस्पताल पुर्याएको भएपनि उनको बाटो मै ज्यान गएको चिकित्सकहरुले बताएका प्रहरीले जनाएको छ ।