सप्तरीको बेल्ही नाकाबाट भित्रिएको तस्करीको सामान बरामद गर्न गएको शसस्त्र प्रहरी टोलीमाथी आक्रमण गर्दा ३ जना शसस्त्र प्रहरी घाइते भएका छन् । तस्करहरुले शसस्त्र प्रहरी टोलीमाथी आक्रमण गर्दा ३ जना प्रहरी घाईते भएका भएपनि शसस्त्र प्रहरीले सो घटना गुपचुप राखेको छ ।
सशस्त्र प्रहरी बलका कर्मचारीहरु कम संख्यामा रहेका र तस्कर समूह धेरै संख्यामा रहेका कारण शसस्त्र प्रहरीमाथि आक्रमण भएको थियो । सो आक्रमणमा परि डिउटीमा खटिएका ३ सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् ।
शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट(बीओपी)बेल्हीका शसस्त्र प्रहरी निरिक्षक बसन्त कटुवाल र सो नाकाबाट तस्करी गर्नेहरुको साँठगाँठका कारण आफ्ना ३ जना कर्माचारीमाथी आक्रमण हुँदा पनि सो घटना बाहिर नल्याइएको स्थानियले बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर हे.क्वा गण सप्तरीका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरिक्षक दिपक खड्काले डिउटीमा कम जनशक्ति परिचालन गर्दा तस्कर समूहसंग सामान्य वादविवाद भएको भन्दै घटना लुकाउनु भयो । तस्करहरुको आक्रमणमा घाईते भएका आफ्ना शसस्त्र प्रहरी कर्माचारीहरुलाई उपचार गर्नुको सट्टा घटना लुकाउने खेल सुरु भएको छ ।
शसस्त्र प्रहरी उपरिक्षक खड्काले बीओपीमा रहेका जनशक्तिलाई आउट छाड्न निर्देशन दिएका छन् त्यही भएर बीओपीले पनि कम जनशक्ति परिचालन गर्ने गरेको छ, जिल्लाभरि नै सशस्त्र प्रहरीका अधिकारीहरु आउट गएका स्रोतको दाबी छ ।
सप्तरी मात्र नभई अहिले सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर हे.क्वा गण धनुषाका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरिक्षक प्रकाशकुमार सुवेदी,सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर हे.क्वा गण महोतरीका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरिक्षक दीपेन्द्र गिरिलगायतका तराईका अधिकांश जिल्लामा यहि धन्दा सुरु भएको छ । ती जिल्लाका विभिन्न नाकाबाट तस्करी मौलाएको श्रोतले बताएको छ । सबैभन्दा बढी महोत्तरीको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट(बीओपी)सम्सी नाकाबाट तस्करी भइरहेको श्रोतको दाबी छ । त्यहाँ बीओपीका बिओपीपति शसस्त्र प्रहरी निरिक्षक जयराम बस्नेतले सेटिङ मिलाउने गरेको स्रोतको दावी छ । अहिले सो नाका हुँदै भारतबाट तेल,चिनी,लत्ताकपडा,हार्डवयरको सामान आदि तस्करी भइरहेको छ भने लागु औषध समेत सोही नाकाबाट नेपाल भित्रने गरेको पाइएको छ । यता जोलजिबी बीओपी दार्चुला परेको काजलाई डवल काज गराएर कमाउ धन्दाको लागि सुबर्णपुर पर्सा पुगेका शसस्त्र प्रहरी निरिक्षक दिपक नापित समेत कमाउ धन्दामा लागेको श्रोतले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हे.क्वा गण पर्साका गणपति शसस्त्र प्रहरी उपरिक्षक तेजप्रसाद पोखरेलको आँखा छलेर शसस्त्र प्रहरी निरिक्षक नापितले तस्करीलाई बढवा दिइरहेको पाइएको छ । उनी शक्तिकेन्द्रको आडबाट त्यहाँ पुगेका हुन् । त्यहाँ जानमात्रै उनले लाखौ रुपैया खर्च गरेको स्रोतको दावी छ ।