देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ

792 Shares

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुम्ला, झापा, सुर्खेत र कञ्चनपुरबाट उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट तीन जना, झापाको बिर्तामोड नगरपालिका–२ त्रिशुली चोकबाट तीन जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीबाट दुई जना र कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट एक जना पक्राउ परेका छन्।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ।

सम्बन्धित समाचार