काठमाडौंमा २२ किलो सुन बरामद प्रकरणमा पक्राउ परेकाहरूको विवरण सार्वजनिक

1k Shares

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठबाट करिब २२ किलो सुन बरामद भएको प्रकरणमा पक्राउ परेका व्यक्तिहरूको तस्बिर सार्वजनिक गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगाल क्षेत्रमा रहेको एक घरबाट सुन बरामद गरेको हो।

प्रहरीका अनुसार उक्त प्रकरणमा चिनियाँ नागरिकसहित केही व्यक्तिलाई पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धानमा भाडामा लिइएको घरमा सुन प्रशोधन गर्ने र त्यसलाई विभिन्न स्वरूपमा तयार पार्ने काम भइरहेको खुलेको प्रहरीले जनाएको छ।

बरामद सुनमा सुनका बिस्कुटजस्ता टुक्रा, सुनको धुलो तथा अन्य अवस्थामा रहेको सुनसमेत भेटिएको बताइएको छ। सुन प्रशोधनमा प्रयोग हुने उपकरण, नगद रकम, सवारीसाधन र विभिन्न कागजातसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा सुनको स्रोतबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार