काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : २४ घण्टामा १२१ जना पक्राउ

981 Shares

काठमाडौं । काठमाडौं प्रहरीले अपराध नियन्त्रण तथा फरार अभियुक्त पक्राउ गर्ने उद्देश्यले सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा २४ घण्टामा १२१ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार विभिन्न आपराधिक गतिविधिमा संलग्न तथा विभिन्न कसुरमा खोजी भइरहेका व्यक्तिहरूलाई लक्षित गरी काठमाडौंका विभिन्न क्षेत्रमा विशेष अभियान सञ्चालन गरिएको हो। अभियानका क्रममा पक्राउ परेकाहरूको सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले काठमाडौं उपत्यकामा शान्ति–सुरक्षा कायम राख्न र आपराधिक गतिविधि नियन्त्रण गर्न नियमित निगरानी तथा विशेष अपरेसन सञ्चालन गर्दै आएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी कार्यालयहरूले विभिन्न घटनामा संलग्न व्यक्तिहरूको खोजी र पक्राउलाई तीव्रता दिएका छन्।

प्रहरीका अनुसार यस्ता अभियानबाट आपराधिक गतिविधिमा संलग्न व्यक्ति पहिचान गर्न, फरार अभियुक्तलाई कानुनी दायरामा ल्याउन तथा सार्वजनिक स्थानमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्नेछ।

 
 
 
सम्बन्धित समाचार