काठमाडौंमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

1.7k Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१, चुनदेवीमा पार्किङ गरिएको कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शव तारकेश्वर नगरपालिका–९ निवासी ४५ वर्षीया रश्मी रिजालको हो। शनिबार खोजतलासका क्रममा कारको पछाडिको सिटमा उनको शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रिजाल शुक्रबार ‘कार्यालय जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। तर कार्यालय नपुगी सम्पर्कविहीन भएपछि परिवारले सोही दिन प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए।

त्यसपछि प्रहरीले खोजी अभियान सञ्चालन गर्ने क्रममा चुनदेवी क्षेत्रमा रहेको कारभित्र उनको शव फेला पारेको हो। घटनास्थलमा कारको भित्री भाग अधिकांश जलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा धुवाँका कारण निस्सासिएर रिजालको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। यद्यपि घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले प्रहरीले घटनाका सबै पक्षबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार