मोटरसाइकलको ठक्करबाट नवलपुरमा एक जनाको मृत्यु

1.8k Shares

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका–१६ मा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा कावासोती–१६ सृजनशील टोलका ४५ वर्षीय सुरेश विकको ज्यान गएको हो।

प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घाइते अवस्थामा सडकमा फेला परेका विकलाई तत्काल उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु ५० प ५५७३ नम्बरको मोटरसाइकलले विकलाई ठक्कर दिएको थियो। दुर्घटनापछि चालक फरार हुने प्रयास गरे पनि प्रहरीले तत्काल नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले पाल्पाको रम्भा गाउँपालिका–४ निवासी अमित रसाइलीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार