काठमाडौं। नेपाल प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा देशका विभिन्न जिल्लाबाट १७ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार काठमाडौं, मकवानपुर, बारा, धनकुटा, कैलाली र रूपन्देहीबाट खैरो हेरोइन, ब्राउन सुगर, गाँजा, नाइट्राजेपाम र ट्रामाडोलसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
काठमाडौं महानगरपालिकाका विभिन्न स्थानबाट खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन् भने चन्द्रागिरि–२ नागढुंगाबाट नाइट्राजेपामसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यस्तै, बाराबाट गाँजासहित एक जना, मकवानपुरबाट ब्राउन सुगरसहित पाँच जना र धनकुटाबाट ट्रामाडोलसहित एक जना पक्राउ परेका छन्।
कैलालीबाट खैरो हेरोइनसहित चार जना तथा रूपन्देहीबाट खैरो हेरोइनसहित एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।