त्रिभुवननगरबाट ठुलो परिमाणमा लागु औषधसहित १ जना पक्राउ

3.2k Shares

जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवननगरबाट शसस्त्र प्रहरीले ठुलो मरिमाणमा लागु औषध सहित एक जनालाई पक्राउ गरेको  छ ।

ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवननगर दशगजा क्षेत्र शेखटोल नाकाबाट २ सय १ बोतल  लागु औषध सहित सोमबार दिउँसो करिब ४ बजे एकजनालाई नियन्त्रणमा लिएको वोर्डर आउट पोष्ट(बिओपी)का प्रमुख तथा शसस्त्र प्रहरी निरिक्षक संजित कुमार सिंहले जानकारी दिनु भयो ।

cufcure -dc 100ml का ११ बोतल,wincirex-100ml का  १ सय ४० बोतल,replin 100ml का ५०  बोतल र nitravet -10 tabs  लेखिएको ७ पक्ता सहित सर्लाहीको हरिवन नगरपालिका ११ का अन्दाजी वर्ष १६ का अजय गीरि पक्राउ परेका शसस्त्र प्रहरी निरिक्षक सिंहले बताउनु भयो ।

भारतबाट लुकाई छिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा गस्तीमा रहेको शसस्त्र प्रहरीको टोलीले सो परिमाणमा लागू औषध बरामद गरेको हो । नेपाली बजारमा विक्रि वितरण तथा प्रयोगमा प्रतिवन्ध रहेको लागु औषध पछिल्लो समय नेपाल भारत खुल्ला सिमानाको कारण नेपाली बजारमा प्रशस्त पाइने गरेको छ ।

सम्बन्धित समाचार