देशको वर्तमान परिस्थितिले वाम एकता अपरिहार्य बनाएको छ : झलनाथ खनाल

1.9k Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी एकता अपरिहार्य भइसकेको बताएका छन्।

राजधानीमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले वाम एकताका लागि अहिले बाध्यात्मक परिस्थिति निर्माण भएको बताएका हुन्।

खनालले वामपन्थी एकता आजको आवश्यकता मात्र नभई इतिहासका विभिन्न कालखण्डदेखि नै अपरिहार्य विषय रहेको उल्लेख गरे। विगतमा भएका कमजोरीतर्फ संकेत गर्दै उनले आफूहरूमा कहिले ‘सिङ’ त कहिले ‘जुरो’ पलाएकै कारण वाम शक्तिहरू एक हुन नसकेको टिप्पणी गरे।

उनले आजकै दिनलाई नयाँ प्रस्थानविन्दुका रूपमा लिएर वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाउन सबै कम्युनिस्ट शक्तिहरूलाई आह्वान गरे।

देशमाथि वैदेशिक साम्राज्यवादी शक्तिहरूले प्रभाव बढाउन खोजिरहेको दाबी गर्दै खनालले त्यस्ता प्रवृत्तिविरुद्ध प्रभावकारी रूपमा संघर्ष गर्न पनि कम्युनिस्टहरूबीचको एकता अपरिहार्य रहेको धारणा व्यक्त गरे।

 
 
सम्बन्धित समाचार