इरान फुटबल टोलीले बेल्जियमसँग बराबरीपछि लस एन्जलसलाई धन्यवाद सन्देश छाड्यो

1.9k Shares

एजेन्सी । इरानको राष्ट्रिय फुटबल टोलीले आइतबार बेल्जियमसँग गोलरहित बराबरी खेलेपछि विश्वकप आयोजक सहर लस एन्जलसका लागि ड्रेसिङ रुममा धन्यवाद सन्देश छाडेको छ । इरान फुटबल महासंघले टेलिग्राममार्फत सार्वजनिक गरेको उक्त सन्देशमा टोलीले आतिथ्यप्रति कृतज्ञता व्यक्त गरेको छ ।

सन्देशमा भनिएको छ, “हजारौँ वर्ष पुरानो फारसी सभ्यतादेखि आधुनिक इरानसम्म, इरानी भावना आज पनि जीवित र अटल छ। हामी गर्वका साथ लस एन्जलस आयौँ, सम्मानका साथ खेल्यौं र गरिमाका साथ यहाँबाट बिदा हुँदैछौँ ।

लस एन्जलस, तपाईंको आतिथ्यताका लागि धन्यवाद ।” इरानले आफ्नो पहिलो दुई खेल लस एन्जलसमै खेलेको थियो । अब टोलीले अर्को खेल सियाटलमा इजिप्टविरुद्ध खेल्नेछ ।

यात्रासम्बन्धी प्रतिबन्धका कारण इरानी टोली प्रतियोगिताभर मेक्सिकोको सीमावर्ती सहर टिजुआनामा बसिरहेको छ। त्यहाँबाट खेलाडीहरू प्रत्येक खेलका लागि अमेरिका आवतजावत गरिरहेका छन् । यस व्यवस्थाप्रति टोलीका प्रशिक्षक र खेलाडीहरूले यसअघि पनि असन्तुष्टि जनाइसकेका छन् ।

सम्बन्धित समाचार