धुम्बाराहीबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक जना पक्राउ
1.2k
Shares
काठमाडौं । काठमाडौंको धुम्बाराही क्षेत्रबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा ती व्यक्तिको साथबाट ११ लाख रुपैयाँ बरामद गरेको हो। बरामद रकमको वैध स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिको परिचय र बरामद रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइने तयारी गरिएको छ।
पछिल्लो समय अवैध रूपमा रकम ओसारपसार तथा हुण्डी कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी र जाँचलाई कडाइ गर्दै आएको छ।