चितवन पुगे प्रधानमन्त्री बालेन, छोरीसँगको तस्बिरले तान्यो ध्यान

1.8k Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह चितवन पुग्नुभएको छ। महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन उहाँ भरतपुर विमानस्थल अवतरण गर्नुभएको हो।

विमानस्थलमा अवतरणपछि प्रधानमन्त्री शाह आफ्नी छोरीलाई काखमा बोकेर बाहिर निस्किएको दृश्यले उपस्थित कार्यकर्ता तथा सर्वसाधारणको ध्यान खिचेको थियो। पारिवारिक आत्मीयता झल्किने उक्त दृश्य सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा सञ्चालन हुँदैछ। महाधिवेशनमा देश तथा विदेशबाट चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।

पार्टीका सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू यसअघि नै चितवन पुगिसकेका छन्। महाधिवेशनले पार्टीको भावी नीति, संगठनात्मक संरचना, विधान संशोधन र नेतृत्व चयनका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार