ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया विश्वकपबाट बाहिरियो
1.7k
Shares
काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत भएको ऐतिहासिक खेलमा जापानले ट्युनिसियामाथि ४–० को प्रभावशाली जित निकाल्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ। यस हारसँगै ट्युनिसियाको विश्वकप यात्रा समूह चरणमै समाप्त भएको छ।
मोन्टेरेमा सम्पन्न यो खेल विश्वकप इतिहासको एक हजारौँ खेल का रूपमा समेत दर्ज भएको थियो, जसले यस भिडन्तलाई थप विशेष बनाएको थियो।
जापानले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै विपक्षीमाथि पूर्ण नियन्त्रण कायम गरेको थियो। टोलीका डाइची कामाडा, जुन्या इटो र अयासे उएडाले गोल गर्दै जापानलाई सहज जित दिलाए, जसमा उएडाले दुई गोल गरे।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको जापानले दोस्रो खेलमा शानदार जित निकालेर समूह ‘एफ’ मा आफ्नो स्थिति मजबुत बनाएको छ। अब जापानको अन्तिम समूह खेल स्विडेनविरुद्ध हुनेछ।
यता, पहिलो खेलमा स्विडेनसँग ५–१ ले पराजित भएको ट्युनिसिया दोस्रो खेलमा पनि हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको छ।