नवगठित रेडक्रस समितिको पदभार ग्रहण सम्पन्न

1.4k Shares

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीमा नवगठित तदर्थ समितिको पदभार ग्रहण सम्पन्न भएको छ। संस्थाको प्रशासनिक नेतृत्व सम्हाल्दै समितिले औपचारिक रूपमा जिम्मेवारी ग्रहण गरेको हो।

पदभार ग्रहणपछि समितिले रेडक्रसको आन्तरिक व्यवस्थापनलाई व्यवस्थित बनाउने, संस्थागत सुधार अघि बढाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्राथमिकता रहने जनाएको छ।

समितिका पदाधिकारीहरूले रेडक्रसको मानवीय सेवामूलक भूमिकालाई अझ सुदृढ बनाउँदै पारदर्शिता र सुशासनमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

हाल देखिएका संगठनात्मक चुनौतीहरू समाधान गर्दै नियमित गतिविधि सुचारु गर्न आवश्यक कदमहरू चालिने पनि समितिको भनाइ छ।

सम्बन्धित समाचार