गोल्ड–सिल्भरमा नयाँ कर व्यवस्था, बिटुमिन आयातमा ठूलो छुट

3.1k Shares

काठमाडौं । सरकारले बिटुमिन (डामर) आयातमा अधिकतम भन्सार छुटको व्यवस्था गरेको छ भने बहुमूल्य धातु तथा गहनामा १५ प्रतिशत भन्सार शुल्क लाग्ने नयाँ व्यवस्था लागू गरेको छ।

नयाँ नीतिअनुसार सडक निर्माणमा प्रयोग हुने बिटुमिनको आयातलाई सहजीकरण गर्न भन्सार छुट बढाइएको हो। यसले पूर्वाधार निर्माण लागत घटाउने अपेक्षा गरिएको छ।

तर, सुन, चाँदी लगायत बहुमूल्य धातु र गहना आयातमा भने १५ प्रतिशत भन्सार शुल्क कायम गरिएको छ। सरकारले विदेशी मुद्रा सञ्चिति व्यवस्थापन तथा अनावश्यक आयात नियन्त्रण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको बताइएको छ।

सरकारका अनुसार बहुमूल्य धातु आयातमा कर संरचना समायोजन गर्दै राजस्व वृद्धि र आयात नियन्त्रणलाई सन्तुलनमा राख्ने नीति लिइएको छ।

अर्थ मन्त्रालयका अनुसार नयाँ भन्सार व्यवस्था लागू भएसँगै निर्माण सामग्री र विलासिताजन्य वस्तुमा फरक–फरक कर नीति अपनाइएको हो।

 
 
सम्बन्धित समाचार