काठमाडौं । पछिल्ला केही दिनदेखि उतारचढाव देखिँदै आएको सुनको मूल्य आज स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. ३ लाख ११ हजार ३०० कायम भएको छ। मंगलबार पनि यही दरमा सुनको कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने घटेर आज एक तोला रु. ५ हजार ३७० मा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य रु. ५ हजार ४०५ थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य स्थिर देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ४ हजार ४८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।