1k
Shares
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को दिल्ली भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएको कूटनीतिक दुष्चक्र तोड्न सघाओस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भनेका छन्, नेपाल–भारत सम्बन्ध नयाँ आधारमा पुनःपरिभाषित हुन आवश्यक छ। लामिछानेको भ्रमणले परम्परागत कूटनीतिक जटिलता तोडेर समानता र पारस्परिक सम्मानमा आधारित सम्बन्ध निर्माणतर्फ योगदान पुर्याओस्।
उनका अनुसार राजनीतिक नेतृत्वको यस्तो सक्रिय कूटनीतिक पहलले दुवै देशबीच विश्वास बढाउने र दीर्घकालीन सहकार्यको मार्ग खोल्न सक्छ।