देशभर आंशिकदेखि सामान्य बदली, केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

1.2k Shares

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली र पहाडी क्षेत्रमा बादल लाग्नेछ भने तराईका अधिकांश स्थानमा आंशिक बदली रहनेछ।

कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा हिमाली क्षेत्रमा सामान्य तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने विभागले जनाएको छ।

यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

सम्बन्धित समाचार