प्रचण्डको स्वास्थ्य स्थिर, मेडिसिटी अस्पतालमा उपचार जारी

1.6k Shares

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था स्थिर रहेको छ। मेडिसिटी अस्पतालले आज बेलुका जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार उहाँको अवस्था हाल स्थिर रहेको र उपचारप्रति सकारात्मक प्रतिक्रिया देखाइरहेको जनाएको छ।

अस्पतालका अनुसार श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अध्यक्ष दाहाललाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। प्रारम्भिक परीक्षणका क्रममा उहाँमा निमोनियाको सङ्क्रमण देखिएको चिकित्सक टोलीले पुष्टि गरेको छ।

अस्पतालले जारी गरेको बुलेटिनमा भनिएको छ चिकित्सक टोलीद्वारा गरिएको परीक्षणका क्रममा उहाँमा निमोनियाको सङ्क्रमण देखिएको छ। यस सम्बन्धमा आवश्यक स्वास्थ्य परीक्षणहरू सम्पन्न गरिएका छन्। उपचार प्रक्रिया सुरु गरिएको छ।

अस्पतालका चिकित्सकहरूले दाहाललाई पूर्ण स्वास्थ्य लाभ सुनिश्चित गर्न तथा निरन्तर निगरानीमा राख्नुपर्ने भएकाले दुई–तीन दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने जानकारी दिएका छन्।

हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र आवश्यक उपचार तथा निगरानी निरन्तर जारी रहेको अस्पतालले जनाएको छ। चिकित्सक टोलीले उपचारप्रति उहाँको शरीरले सकारात्मक प्रतिक्रिया दिइरहेको पनि उल्लेख गरेको छ।

 

सम्बन्धित समाचार