1.8k
Shares
काठमाडौं । राष्ट्रिय सभाले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित आएको उक्त विधेयक बहुमतले पारित गरेको हो ।
बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शोभिता गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् । राष्ट्रिय सभाले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ पनि पारित गरेको छ ।
निर्वाचनसम्बन्धी कानुन परिमार्जन गर्ने उद्देश्यले ल्याइएका यी दुवै विधेयक यसअघि प्रतिनिधिसभाबाट पारित भइसकेका थिए । राष्ट्रिय सभाबाट समेत पारित भएसँगै अब विधेयक प्रमाणीकरण प्रक्रियातर्फ अघि बढ्नेछ ।