लिपुलेक–कालापानी मुद्दामा बेलायतको भूमिका खोज्दा भारत असन्तुष्ट

1.3k Shares

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ले प्रतिनिधिसभामा दिएको विवादित अभिव्यक्तिले नेपाल–भारत सम्बन्धमा नयाँ बहस सिर्जना गरेको छ। लिपुलेक,कालापानी सीमा विवादमा बेलायत लाई मध्यस्थ बनाउने प्रस्ताव संसद्मा आएपछि भारत मा समेत प्रतिक्रिया देखिएको हो।

शाहले सीमा विवाद ब्रिटिश भारतकालीन भएको दाबी गर्दै यूकेसँग कूटनीतिक छलफल भएको बताए। साथै, भारतले मात्र होइन नेपालले पनि केही स्थानमा भारतीय भूमि मिचेको संवेदनशील टिप्पणी गरे। यस विषयलाई भारतको दैनिक नवभारत टाइम्स ले प्रमुखताका साथ समाचार बनाएको छ।

भारतले भने नेपालको दाबी अस्वीकार गर्दै लिपुलेक मार्ग कैलाश मानसरोवर यात्राको परम्परागत मार्ग भएको बताएको छ। नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र सन् १८१६ को सुगौली सन्धि अनुसार नेपालको भूभाग भएको दाबी गर्दै आएको छ।

सम्बन्धित समाचार