काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल ले विदेशी मुद्राको ठूलो सञ्चिति भए पनि त्यसबाट प्राप्त प्रतिफल न्यून रहेको भन्दै त्यसको सदुपयोगका लागि सोभरेन वेल्थ फन्ड स्थापना गर्ने तयारी गरिएको बताएका छन्।
अर्थ मन्त्रालयले आइतबार आयोजना गरेको बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर पौडेलले नेपालसँग हाल १८ महिनाभन्दा बढीको आयात धान्न सक्ने विदेशी मुद्रा रहेको जानकारी दिए। उनका अनुसार देशलाई करिब ७ महिनाको आयात धान्ने विदेशी मुद्रा पर्याप्त हुने भए पनि अहिलेको ठूलो सञ्चितिबाट प्रतिफल करिब ४ प्रतिशत मात्र सीमित रहेको छ।
यस्तो अवस्थामा विदेशी मुद्राको केही अंशलाई आर्थिक विकासमा योगदान पुग्ने क्षेत्रमा लगानी गर्न सोभरेन वेल्थ फन्डको परिकल्पना गरिएको गभर्नर पौडेलले स्पष्ट पारे।