लिपुलेक विवादमा भारत, चीनसँगै इंग्ल्यान्डसँग पनि छलफल भइरहेको छ: प्रधानमन्त्री

1.3k Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लिपुलेक सीमा विवाद समाधानका लागि भारत र चीनसँगै इंग्ल्यान्डसँग पनि छलफल भइरहेको जानकारी दिएका छन्। सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले ब्रिटिसकालीन सीमा अवस्थाबारे बुझ्न इंग्ल्यान्डसँग पनि परामर्श भइरहेको बताएका हुन्।

प्रधानमन्त्री शाहले लिपुलेकबारे नेपाल सरकारले भारतसँग स्पष्ट कूटनीतिक अडान राखिसकेको र त्यस विषयमा भारतबाट पनि जवाफ प्राप्त भइसकेको बताए।

उनका अनुसार अब यो विषयलाई ऐतिहासिक तथा प्राविधिक दृष्टिकोणबाट थप स्पष्ट गर्न इतिहासविद्हरूलाई समेत समावेश गरी ‘टेबल टक’ गर्ने तयारी भइरहेको छ।

“अब इतिहासविद्हरूसमेतलाई राखेर टेबल टक गर्ने कुरा छ। इंग्ल्यान्डसँग पनि हामीले कुरा गरेका छौँ,” प्रधानमन्त्री शाहले संसदमा भने।

लिपुलेक सीमा विवाद नेपाल, भारत र चीनबीचको संवेदनशील विषयका रूपमा लामो समयदेखि रहँदै आएको छ। नेपालले उक्त क्षेत्र आफ्नो सार्वभौम भूभाग भएको दाबी गर्दै आएको छ भने भारत–चीनबीच पनि यस क्षेत्रलाई लिएर समय–समयमा सहमति र विवाद देखिँदै आएको छ।

सरकारले कूटनीतिक संवादमार्फत समाधान खोज्ने नीति अघि बढाइरहेको प्रधानमन्त्री शाहको भनाइ छ।

 
 
सम्बन्धित समाचार