चीनसँग हार्दै महिला क्रिकेट टोली एसियन गेम्सबाट बाहिरियो

1.5k Shares

काठमाडौँ । नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगिताबाट बाहिरिएको छ। तेस्रो स्थानका लागि भएको निर्णायक खेलमा चीनसँग पराजित भएपछि नेपालको एसियाड यात्रा समाप्त भएको हो।

मलेसियाको बायुमास ओभल मैदानमा वर्षाले प्रभावित खेलमा चीनले डीएल मेथडअनुसार प्राप्त ४३ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्दै पाँच विकेटको रोमाञ्चक जित हात पार्यो। जितका लागि अन्तिम बलमा दुई रन आवश्यक रहेका बेला चीनकी साइ युझीले चौका प्रहार गर्दै टोलीलाई विजय दिलाइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सात ओभरमा पाँच विकेट गुमाएर ५० रन बनाएको थियो। नेपालको इनिङ्समा कविता कुँवर ले अविजित २२ रन बनाइन् भने कप्तान इन्दु बर्मा ले ११ रनको योगदान दिइन्।

तर बलिङतर्फ नेपालले अन्तिम क्षणसम्म संघर्ष गरे पनि चीनलाई रोक्न सकेन। अन्तिम बलसम्म पुगेको प्रतिस्पर्धामा चीनले जित निकाल्दै एसियन गेम्सको टिकट सुरक्षित गर्यो।

यस नतिजासँगै चीन तेस्रो स्थान हासिल गर्दै छनोट भयो भने आयोजक मलेसिया र थाइल्यान्ड पनि फाइनलमा पुग्दै आगामी एसियन गेम्सका लागि छनोट भएका छन्।

सम्बन्धित समाचार