एसियन गेम्स छनोटमा नेपालको रेकर्ड जित, चीन ९२ रनमै अलआउट

1.6k Shares

काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले कमजोर चीनलाई २११ रनले पराजित गर्दै सानदार जित दर्ता गरेको छ । सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमै सबै विकेट गुमाउँदै मात्र ९२ रनमा समेटिएको हो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेटको क्षतिमा ३१३ रनको विशाल योगफल खडा गरेको थियो ।

नेपालका ओपनर कुशल भुर्तेलले विस्फोटक शतक प्रहार गरे । उनले मात्र ३५ बलमा १२ छक्का र ५ चौकाको मद्दतमा शतक पूरा गर्दै टी–२० अन्तर्राष्ट्रियमा आफ्नो दोस्रो शतक प्रहार गरे । भुर्तेलले एकै ओभरमा ६ छक्का हानेका थिए, जुन नवौं ओभरमा आएको थियो ।

उनी ४३ बलमा १२९ रन बनाएर आउट भए । त्यस्तै कुशल मल्लले नटआउट ८५ रनको योगदान दिए, जसमा ४७ बलमा ५ छक्का र ८ चौका समावेश थिए । कप्तान रोहित पौडेलले पनि आक्रामक ब्याटिङ गर्दै ७ छक्का र ५ चौकासहित ६९ रन जोडे । आसिफ शेख ११ रनमा आउट भए ।

चीनका लागि मा कुइनचेन र डेंग जिंकीले १–१ विकेट लिए । यो जितसँगै नेपालले प्रतियोगितामा बलियो सुरुआत गरेको छ र आगामी खेलका लागि आत्मविश्वास उच्च बनाएको छ ।

सम्बन्धित समाचार