कागजात पूरा नभई विमानस्थल नजान आग्रह, अध्यागमनको अपिल
1.8k
Shares
काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपाली कामदारलाई लक्षित गर्दै अध्यागमन विभागले काम अनुमति (वर्क परमिट) जारी भएपछि मात्र विमानस्थल प्रवेश गर्न अनुरोध गरेको छ ।
विभागले पछिल्ला दिनमा विमानस्थलमा देखिएका अव्यवस्था र अनावश्यक भीड नियन्त्रण गर्न यस्तो आग्रह गरिएको जनाएको छ । विशेषगरी श्रम स्वीकृति लिएर विदेश जाने कामदारहरूलाई आवश्यक प्रक्रिया पूरा भएपछि मात्र विमानस्थल जान सुझाव दिइएको हो ।
विभागका अनुसार श्रम स्वीकृति, टिकट र अन्य आवश्यक कागजात पूरा नभई विमानस्थल पुगेका कारण अनावश्यक भीड, ढिलाइ र सेवाग्राहीलाई असहजता हुने गरेको छ । त्यसैले सबै प्रक्रिया पूरा भएपछि मात्र विमानस्थल जान अनुरोध गरिएको हो ।
यसअघि पनि अध्यागमन विभागले वैदेशिक रोजगारमा जाने कामदारलाई आवश्यक कागजात साथमा राख्न र प्रक्रिया पूरा नगरी विमानस्थल नजान निर्देशन दिएको थियो ।
सरकारले पछिल्ला वर्षहरूमा वैदेशिक रोजगार प्रक्रियालाई व्यवस्थित बनाउन विभिन्न नियमहरू कडाइका साथ लागू गर्दै आएको छ ।