भारतले पेट्रोल, डिजेल र एटीएफको निर्यात शुल्क घटायो

2.1k Shares

काठमाडौँ । भारत सरकारले पेट्रोल, डिजेल तथा एभिएसन टर्बाइन फ्युल (एटीएफ) मा लाग्दै आएको निर्यात शुल्क घटाउने निर्णय गरेको छ । शनिबार जारी गरिएको सरकारी सूचनाअनुसार नयाँ दर १ जुनदेखि लागू हुनेछ ।

सरकारले अन्तर्राष्ट्रिय बजारको अवस्था तथा इन्धन निर्यातलाई सहज बनाउन यो निर्णय गरिएको जनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार पेट्रोलमा निर्यात शुल्क १.५ रुपैयाँ प्रतिलिटर तोकिएको छ भने डिजेलमा १३.५ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । त्यस्तै एटीएफमा ९.५ रुपैयाँ प्रतिलिटर निर्यात शुल्क निर्धारण गरिएको छ ।

भारत सरकारले पेट्रोलियम पदार्थमा लाग्ने निर्यात शुल्क प्रत्येक १५ दिनमा पुनरावलोकन गर्ने व्यवस्था कायम गरेको छ । कच्चा तेल, पेट्रोल, डिजेल तथा एटीएफको अन्तर्राष्ट्रिय औसत मूल्यका आधारमा यी दरहरू समायोजन गरिनेछ ।

सरकारले निर्यात शुल्क घटाए पनि घरेलु उपभोक्ताका लागि लागू हुने कर तथा शुल्क भने यथावत राखिएको जनाएको छ ।

निर्यात शुल्क भनेको कुनै देशबाट अन्य देशमा निर्यात हुने वस्तुहरूमा सरकारले लगाउने अप्रत्यक्ष कर हो, जसले अन्तर्राष्ट्रिय व्यापार र बजार प्रतिस्पर्धामा प्रभाव पार्ने गर्छ ।

सम्बन्धित समाचार