विद्युतमा भ्याटबारे एमाले महासचिवको असन्तुष्टि

890 Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले विद्युत्मा भ्याट लगाउने निर्णयले आम उपभोक्तामाथि थप आर्थिक भार पर्ने भन्दै यसको औचित्यमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले विद्युत्मा भ्याट लगाउने निर्णय कसको हितका लागि गरिएको हो भन्ने प्रश्न गरेका छन्। उनले स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् उपभोग महँगो बनाउने नीति उपयुक्त नहुने धारणा व्यक्त गरे।

उनले विद्युत् उपभोग बढाएर आयातित इन्धनमा निर्भरता घटाउने राष्ट्रिय लक्ष्यसँग पनि यस्तो निर्णय बाझिन सक्ने उल्लेख गरेका छन्। विद्युत् क्षेत्रमा गरिएको करसम्बन्धी व्यवस्थाको पुनर्विचार गर्न सरकारसँग आग्रह गर्दै उनले उपभोक्तामैत्री नीति अवलम्बन गर्नुपर्ने बताएका छन्।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युत् सेवामा भ्याटसम्बन्धी व्यवस्था अघि सारेपछि यसबारे राजनीतिक तथा सार्वजनिक वृत्तमा बहस सुरु भएको छ।

सम्बन्धित समाचार