सरकारको नयाँ नीति: राइड सेयरिङका दुई पाङ्ग्रेलाई कालो प्लेट र वार्षिक कर
1.5k
Shares
राइड सेयरिङ गर्ने दुई पाङ्ग्रे सवारी अब अनिवार्य रूपमा कालो नम्बर प्लेट मा दर्ता हुनुपर्ने भएको छ। सरकारले आर्थिक ऐन २०८३ मार्फत यस्तो व्यवस्था ल्याएको हो। अब निजी प्रयोजनका लागि प्रयोग हुने रातो नम्बर प्लेटका मोटरसाइकल तथा स्कुटरले प्रत्यक्ष रूपमा राइड सेयरिङ सेवा सञ्चालन गर्न पाउने छैनन्।
नयाँ व्यवस्थाअनुसार राइड सेयरिङका लागि प्रयोग हुने दुई पाङ्ग्रे सवारीलाई भाडाका सवारीसरह मान्यता दिइनेछ र तिनले छुट्टै दर्ता प्रक्रिया पूरा गरेर कालो नम्बर प्लेट लिनुपर्नेछ। यातायात ऐन २०४९ मा भाडाका सवारीलाई कालो नम्बर प्लेट दिने व्यवस्था रहेको छ।
सरकारले राइड सेयरिङ क्षेत्रमा करको दायरा पनि विस्तार गरेको छ। आर्थिक विधेयक २०८३ अनुसार राइड सेयरिङ प्लेटफर्ममार्फत सेवा दिने व्यक्तिलाई भुक्तानी गर्दा १ प्रतिशत अग्रिम कर काटिने व्यवस्था गरिएको छ। साथै, राइड सेयरिङ सेवामाथि थप करसम्बन्धी व्यवस्था पनि लागू गर्ने तयारी गरिएको छ।
सरकारले राइड सेयरिङ सेवालाई कानुनी र व्यवस्थित बनाउने उद्देश्यले नम्बर प्लेट, कर, सवारी दर्ता, अनुमति तथा सञ्चालनसम्बन्धी मापदण्ड क्रमशः लागू गरिरहेको छ।