महत्वाकांक्षी घोषणा धेरै, कार्यान्वयन आधार कमजोर : खुश्बु ओली

750 Shares

काठमाडौं । सरकारले ल्याएको बजेट कार्यान्वयनमै चुनौती देखिएको बताएकी छन् । संसद्मा प्रतिक्रिया दिँदै उनले वास्तविक स्रोतको आकलन नगरी महत्वाकांक्षी घोषणा गरिएको भन्दै बजेट कार्यान्वयनमा समस्या आउन सक्ने आशंका व्यक्त गरिन् ।

उनले सबै पक्षलाई खुशी पार्ने प्रयासमा सरकारले अल्पकालीन लोकप्रियता खोजेको आरोप समेत लगाइन् । “बजेट विकासको औजारभन्दा राजनीतिक प्रदर्शनको माध्यम बन्ने खतरा छ,” भन्दै उनले जनताले सरकारमाथिको विश्वास गुमाउन सक्ने चेतावनी दिइन् ।

खुश्बु ओलीले स्रोत सुनिश्चितता बिना गरिएका घोषणा व्यवहारमा कार्यान्वयन हुन नसक्ने र त्यसले नीतिगत विफलता निम्त्याउने तर्क गरेकी छन् ।

सम्बन्धित समाचार