डिजिटल अर्थतन्त्र र सुधारलाई प्राथमिकता दिएको बजेट

1.7k Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अपेक्षाअनुसारको आकारमा बजेट ल्याउँदै विभिन्न महत्वाकांक्षी आर्थिक सुधारका घोषणा गरेको छ ।

सरकारले कर प्रणाली सुधार, निजी क्षेत्र प्रवर्द्धन, डिजिटल अर्थतन्त्र विस्तार र राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखेको जनाएको छ । बजेटमार्फत सुशासन, पूँजीगत खर्च वृद्धि र आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य पनि अघि सारिएको छ ।

आगामी दशकमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित सरकारले लगानीमैत्री वातावरण बनाउने, डिजिटल कारोबार विस्तार गर्ने तथा अनौपचारिक अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउने योजना अघि बढाएको छ ।

बजेटमा सूचना प्रविधि, ऊर्जा, पूर्वाधार र उत्पादनमूलक क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । साथै निजी क्षेत्रको मनोबल बढाउने, कर विवाद छिटो समाधान गर्ने र व्यवसायमैत्री राजस्व प्रशासन बनाउने प्रतिबद्धता पनि जनाइएको छ ।

यद्यपि विज्ञहरूले स्रोत सुनिश्चितता, बजेट कार्यान्वयन क्षमता र राजस्व संकलनको चुनौतीलाई ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । विगतमा जस्तै ठूलो आकारको बजेट ल्याएर बीचमै खर्च कटौती गर्नुपर्ने अवस्था दोहोरिन सक्ने चिन्ता समेत व्यक्त गरिएको छ ।Bidget-2083-84.png

सम्बन्धित समाचार