चुरोट र सुर्तीजन्य पदार्थमा कर कडाइ, भन्सार दर १२ प्रतिशतसम्म बढ्यो

1.9k Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सुर्तीजन्य पदार्थमा लाग्ने भन्सार दर बढाएको छ । नयाँ व्यवस्थाअनुसार सिगार, चुरोट र सुर्तीजन्य वस्तुमा ६ प्रतिशतदेखि १२ प्रतिशतसम्म भन्सार लाग्ने भएको हो।

यसअघि सरकारले यस्ता वस्तुमा ५.५ प्रतिशतदेखि ११ प्रतिशतसम्म भन्सार लिँदै आएको थियो । अब ०.५ देखि १ प्रतिशत बिन्दुसम्म भन्सार बढाइएको हो।

नयाँ दरअनुसार सुर्ती भएको सिगारमा प्रतिहजार खिल्ली १२ हजार रुपैयाँ भन्सार लाग्नेछ । हाल यस्तो दर ११ हजार रुपैयाँ थियो । फिल्टर नभएको चुरोटमा प्रतिहजार खिल्ली ६ हजार रुपैयाँ भन्सार कायम गरिएको छ, जुन चालु आर्थिक वर्षमा ५ हजार ५ सय रुपैयाँ थियो।

त्यस्तै, ७० मिलिमिटरसम्म लम्बाइ भएका चुरोटमा पनि प्रतिहजार खिल्ली ६ हजार रुपैयाँ भन्सार तोकिएको छ । ८५ मिलिमिटरसम्मका चुरोट र तयारी बिँडीमा समेत समान दर कायम गरिएको सरकारले जनाएको छ।

सरकारले आगामी आर्थिक वर्षदेखि सार्क मुलुक र अन्य मुलुकबाट आयात हुने सुर्तीजन्य पदार्थमा एउटै भन्सार दर लागू गर्ने व्यवस्था पनि गरेको छ।

सम्बन्धित समाचार