कर संरचना सरलीकरण गर्दै सरकार, अन्तःशुल्क खारेजको निर्णय

708 Shares

सरकारले भन्सार दरका विभिन्न तहहरू पुनरावलोकन गर्दै केही वस्तुमा दर घटाएको छ भने कर प्रणालीलाई सरलीकरण गर्ने उद्देश्यसहित करिब ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छ।

आर्थिक सुधार तथा व्यापार सहजीकरणलाई लक्ष्य बनाउँदै गरिएको यो निर्णयपछि आयात–निर्यात प्रक्रियामा सहजता आउने अपेक्षा गरिएको छ। सरकारले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने र उपभोक्ता मूल्यमा दबाब घटाउने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ।

साथै, राजस्व संरचनालाई आधुनिक र पारदर्शी बनाउने दिशामा यो नीति महत्वपूर्ण हुने अर्थ मन्त्रालयले जनाएको छ। निर्णय कार्यान्वयनसँगै सम्बन्धित वस्तुहरूको मूल्य संरचना र बजारमा पर्ने प्रभावबारे सरोकारवालाहरूले निगरानी गरिरहेका छन्।

 
 
सम्बन्धित समाचार