अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्दै नयाँ शैलीमा बजेट
981
Shares
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न लागेका हुन्।
यस पटक अर्थमन्त्री वाग्लेले परम्परागत रूपमा प्रयोग हुँदै आएको झोलाको सट्टा नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन्, जसले नयाँ शैलीको संकेत गरेको छ।
बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्री वाग्लेले बजेट प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए। मन्त्रिपरिषद्ले उक्त प्रस्ताव पारित गरेपछि अब औपचारिक रूपमा संसदमा बजेट प्रस्तुत हुने भएको हो।
सरकारले यस बजेटमार्फत आर्थिक वृद्धि, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सामाजिक क्षेत्रलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।
आजको बजेट प्रस्तुतिसँगै देशको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र खर्चको दिशा औपचारिक रूपमा तय हुने छ।