नेपाल भारतसँग पराजित, काभा महिला भलिबलमा कास्य पदक जित्न असफल

1.6k Shares

काठमाडौँ । काभा महिला भलिबल प्रतियोगितामा कास्य पदकका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। भारतले नेपाललाई ३–१ सेटमा हराउँदै एसिया कपमा छनोट भएको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

खेलको पहिलो सेटमा भारत २५–२२ ले विजयी भयो भने दोस्रो सेटमा पनि २५–२३ ले आफ्नो पक्षमा पार्‍यो। तेस्रो सेटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २५–१५ ले जित हासिल गर्‍यो। तर, चौथो सेटमा भारतले २५–२२ ले पुनः अग्रता कायम गर्दै खेल आफ्नो पक्षमा पार्‍यो।

यसअघि सेमिफाइनलमा नेपाल इरानसँग तथा भारत कजाकस्तानसँग सोझो सेटमा पराजित भएका थिए, जसका कारण दुवै टोली कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

सम्बन्धित समाचार