4.3k
Shares
काठमाडौँ । नेपाल महिला राष्ट्रिय भलिबल टोली काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ। सेमिफाइनलमा इरान महिला राष्ट्रिय भलिबल टोलीसँग सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
बिहीबार भएको खेलमा नेपाल ३–० को सेटमा पराजित भयो। पहिलो सेट २५–२०, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–११ ले गुमाउँदै नेपालले फाइनल यात्रा तय गर्न सकेन।
बलियो मानिएको इरानले यसअघि कजाकिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। अर्को सेमिफाइनलमा कजाकिस्तानले भारतलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। अब उपाधिका लागि इरान र कजाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।