4.4k
Shares
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सुन तोलामा रु ५ हजार ५०० र चाँदी तोलामा रु २१५ ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८५ हजार कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ८६५ तोकिएको छ।
हिजो बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ९० हजार ५०० र चाँदी रु ५ हजार ८० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन करिब अमेरिकी डलर ४ हजार ५२० मा र चाँदी ७७ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।