एसियन गेम्स छनोट खेल्न नेपाली टोली सिंगापुर प्रस्थान
1.5k
Shares
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिंगापुरमा हुने एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।
मे ३१ देखि जुन ८ तारिखसम्म सिंगापुरमा सञ्चालन हुने प्रतियोगिताका लागि क्यानले बिहीबार एक कार्यक्रमबीच टोलीको औपचारिक बिदाइ गरेको हो ।
छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा मलेसिया र चीन पनि रहेका छन् । समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र आयोजक सिंगापुर रहेका छन् ।
प्रतियोगिताको समूह चरणबाट शीर्ष दुई टोली एसियन गेम्सका लागि छनोट हुनेछन् । नेपालले आफ्नो पहिलो खेल मे ३१ तारिख चीनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । टोलीमा रोहित पौडेल, लोकेश बम, नन्दन यादव, करण केसी, कुशल भुर्तेल, सन्दीप जोरा, सन्दीप लामिछाने, आरिफ शेख, शाहब आलम, आसिफ शेख, कुशल मल्ल, शेर मल्ल र सोमपाल कामी रहेका छन् ।